जुम्ला । लकडाउनका कारण पशुमा लगाउने पीपीआर रोगविरुदद्धको खोप सुर्खेतमा थान्किएको छ। पशुसेवा कार्यालयकाअनुसार ६० हजार डोजको पीपीआरविरुद्धको खोप सुर्खेतमै थन्किएको हो।
क्षेत्रीय पशु अन्वेषण प्रयोगशालामा ६० हजार डोजको खोप आएर थन्किएको पशुअस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख गोबिन्दबहादुर महतले बताए। ‘किसानका भेडा कसरी बचाउने भन्ने चिन्तामा छौ, प्रशासनले सहजिकरण गर्दिएको खण्डमा भेडाको उपचारको लागि जान तयार छौं। उनले भने ‘पहिलो कुरा त हामीलाई जाने बाटो बन्द गर्न भएन। हाम्रा स्थानीय तहमा कार्यरत प्राविधिकलाई त्यहाँसम्म जाने वातावरण मिलाउन आवश्यक छ।
‘ पीपीआर भेडामा लाग्ने एक प्रकारको भाइस जस्तै हो। यसको समयमै नियन्त्रण गर्न नसकेको खण्डमा सबैमा सर्न सक्छ। त्यस्तो लक्षण देखिएका भेडालाई अरुसँग नराखी छुटदै राख्न किसानलाइ अनुरोध गरेका छन्।
कोरोना भन्दा भेडा बचाउने चिन्तामा किसान
कोरोना भाइसर फैलन नदिनका लागि सरकारले लकडाउन गरेको छ। जुम्लाका किसान कोरोना भन्दा पनि भेडा कसरी बचाउने भन्ने चिन्ता छ। हिमा गाउँपालिका २ ओदीका नन्द बहादुर रोकायाका १० भेडा मरेका छन्। ‘पशु अस्पताल तथा पशु सेवा केन्द्रबाट तिन वर्षको एक पटक भेडालाई पीपीआर रोगविरुद्धको खोप लगाउने गरेका थियौ। अहिले लकडाउनले खोप लगाउन पाएका छैनौ, सल्लाह सुझाव दिने स्थानिय तहमा कार्यरत पशु प्राविधिकनै आउन पाएका छैनन्’, उनले भने ‘मसँग ८७ भेटा थिए १० भेडा मरी सके, यसरी समयमै पिपिआर रोगविरुद्धको खोप नलगाएको खण्डमा सबै भेडा मरेर सकिन्छन की भन्ने चिन्ता छ।’
त्यस्तै तिलागाउपालिका ५ चुलाकोटका भेडापालक किसान सिहं बुढाका पनि यस अघि १० भेडा मरी सकेका छन्। ‘गाउपालिकामा पशु शाखा हेर्ने कर्मचारी घरमा छन लकडाउन छ भन्दै स्थानिय युवाहरुले आउन दिर्दैनन्।’ उनले भने , नागरिकको सुबिधाको लागि भनेर सडक निमार्ण गरिएकको हो नागरिकलाइ आवश्यक परेको खण्डमा बाटोमा हिड्न नदिने युवालाइ पनि कारवाही गर्नु पर्छ।’ प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले खोप सुर्खेत रोकिएको भए पशु अस्पतालले समन्वय गरेमा सहजिकरण गर्ने बताइन्।