Homeजापान विशेषमैले देखेको जापान र केही सिक्नुपर्ने कुराहरु

मैले देखेको जापान र केही सिक्नुपर्ने कुराहरु

Sagun Sandesh

जापानमा हरेक क्षेत्रमा नागरिकलाई उच्च प्राथमिकतामा राखिन्छ । कर्मचारी, कम्पनीका मालिक तथा म्यानेजरले सामान्य नागरिकलाई उच्च सम्मान र स्वागत गर्छन् । कसरी उसको काम छिटो भन्दा छिटो सक्कारईदिने भन्ने सकारात्मक साेँचले सेवा दिईरहेका हुन्छन् । फारममा केही कुरा भर्न नजानेको खण्डमा आफैले भरिदिन्छन् हामीकहाँ जस्तो रिसाउने, फाईल नै फालिदिने या फुर्सद छैन पछि आउनुस् भन्ने चलन विल्कुल हुँदैन यहाँ । नेपालमा खाजा खाने समय हुनु अगावै कार्यालयका कर्मचारीहरु कार्यकक्ष छोडेर निस्कन्छन् तर यहाँ आलोपालो गरेर मात्र खाना खान्छन् कर्मचारीहरु ताकी सेवाग्राहीलाई असुविधा नहोस् र काम नरोकियोस् ।

मन्दिरा पराजुली

नेपालमा स्कुल लेभलवाटै निकै सुनेको र जानेको देश हो जापान । विकसित देश, सुर्योदयको देश जापान , जापानको राजधानी टोकियो, जापानीहरु होँचो कदका हुन्छन्, गोरो वर्णका र अनुहारको आकृती मंगोलीयन आकारको हुन्छ, सीन्का (चपस्टीक)ले टीपेर खाना खान्छन् आदी जस्ता कुराहरु स्कुल तहवाटै जानेको कुरा हुन् ।

जापान आएपछी यहाँ पनि यिनै स्कुल लेभलदेखी पढेका कुराहरु सवै उस्तै लागे । यहाँका मानिसहरु बस्ने अपार्टमेन्ट तथा घरहरु भित्र हुने सुविधाहरु जस्तै आधुनिक किचन, आधुनिक वाथरुम, तातो चिसो पानिको व्यवस्था, लुगाधुने मेसीन, वाथटप, टायल र पार्केटीङ्ग गरिएका कोठाहरु भने सामान्य नै लागे किनभने यी सब कुराहरु मैले आफ्नै घरमा देखेका, जानेका र प्रयोग गरीरहेकै कुराहरु थिए ।

नौलो कुरा त यसकुरामा लाग्यो की यहाँ राज्यले गरेको विकास र नागरिकहरुलाई दिएका सुविधाहरु । यहाँ राज्यले गरेको विकास लाई हेर्दा लाग्यो विकास गर्न बाँकी चिज नै अव के रहेछ र ? वाटो, पुल, रेलमार्ग, अन्डरग्राउन्ड वाटो, सबवे, हाईवे, टनेल वे, केवलकार, हवाई संजाल सब कुरा देशभर जहाँतहीँ पुगेको देखेर अचम्म लाग्यो । जापानका हरेक क्षेत्रमा वसोवास गर्ने नागरिकहरु राज्यको कुनैपनि विकासका कुराहरुवाट बञ्चित नभएको देखेर अचम्म लाग्यो । किनभने हाम्रो देशमा केही मुख्य सहरहरुमा मात्र अलिअलि विकास भएको छ, त्यो पनि अत्यन्तै न्युन गुणस्तरको झन ग्रामीण क्षेत्रको त कुरा नगर्दा नै वेस होला । जहाँ अझैपनि सामान्य गाडी वा बाटो खन्नका लागी प्रयोग गर्ने डोजर हेर्नका लागी मानिसहरु लामलाग्ने स्थिति छ ।

जापानका नागरिकहरु अतिनै सरल, शान्त र अति अनुशासित हुने रहेछन् । देशको नियम र कानुनको के वालक के वृद्ध हरेक नागरिकले हुबहु पालना गर्ने देश रहेछ जापान । यहाँ कस्ले के पेशा गर्छ भन्ने आधारमा कसैलाई ठुलो र सानो भनेर व्यवहार गर्ने चलन छैन । सवै पेशा गर्ने नागरिकहरु समान लाग्छन् । अझ गज्जवको कुरा त यसमा लाग्यो की जापानको जुनसुकै स्थानमा गएपनि यहाँका नागरिकहरुको दैनिकी, वोलीचाली, लवाईखवाई विल्कुलै समान लाग्ने जवकी हामीकहाँ मुख्य वजार क्षेत्रवाट २–४ किलोमिटर वरपरको समुदायमा विल्कुलै फरक जीवनशैली र बाेलिचाली हुने गर्दछ ।


यहाँ सार्वजनिक स्थलहरुमा जाँदा पनि भिडभाड र होहल्ला सुनिदैन कहील्यै । सबैजना शान्त र अनुशासित हुन्छन् मानौँ की स्वचालित मेसीन जस्तै देखिन्छन् मानिसहरु । रेल स्टेसन, पसल, कार्यालय जहाँ गएपनि मानिसहरु लामबद्द भएर अत्यन्तै अनुशासीत तरिकाले आफ्नो पालो पर्खिएर बसेको देख्न पाईन्छ । यहाँ कसैलाई एकोहोरो हेरिरहने, जिस्क्याउने तथा अनावश्यक अरुलाई छुने धकाल्ने भन्ने कुरा कहिल्यै देखिन मैले ।


यहाँको सरकारी कार्यालयमा केही कामको सिलसिलामा सेवाग्राही भएर जाँदा सरकारी कर्मचारीको काम गर्ने शैली र हामीसंग गर्ने व्यवहार त झन अतिनै सह्रानीय लाग्यो । केही कुरा बुझिएन भने यहाँका सरकारी या प्राईभेट जुनसुकै क्षेत्रका कर्मचारीले घन्टौं लगाएर हामीलाई सहयोग गर्न तत्पर रहेको देख्दा अचम्म लाग्छ ।यहाँका सवै सरकारी तथा प्राईभेट कार्यालयहरुमा सेवा लिन जाँदा सुरुमा टोकन दिने चलन हुन्छ । आफ्नो पालो पर्खनको लागी हरेक कार्यालयहरुमा सेवाग्राहीहरुको सुविधाको लागी ठुलो हल वनाईएको हुन्छ जहाँ बस्नको लागि आरामदायक कुर्सीहरुको पनि व्यवस्था गरिएको हुन्छ । हलमा पालो पर्खेर बस्नेहरुलाई टिभी तथा आफ्नो पालो हेर्नको लागी नम्वर डिस्प्ले टिभी पनि राखीएको हुन्छ । यदी कोही सेवाग्राही आफ्नो पालो आउँदा पनि आईनपुगेको खण्डमा एकजना कर्मचारी सेवाग्राहीहरु वसीरहेको हलमै आएर उसको नम्वर मौखिक रुपमा सुनाईरहेका हुन्छन् र वोलाोईरहेका हुन्छन् । बिहान ९ बजे यहाँका सवै कार्यालयहरु खुल्ने गर्छन् । यदी सेवाग्राहीले बिहान ९ वजे देखी दिउसो ४ वजे भित्रको समयमा टोकन लिएको छ भने उसको काम त्यही दिनमा नै सकाईदिनै पर्ने नियम हुनेरहेछ यहाँ भलै राती ७/८ नै कीन नबजोस् । जहाँकी नेपालमा व्यक्तिको व्यक्तित्व र क्षमतालाई हेरेर ढिलो या छिटो सेवा प्रदान गर्ने परिपाटी हामीकहाँ पाईन्छ । सामान्य ग्रामीण क्षेत्रका नागरीकहरुलाई छुट्टै व्यवहार गरिन्छ । एकै दिनमा सकिने काम कैयौं दिन लगाईन्छ । यो या त्यो वहाना गरेर दुःख दिने र सामान्य फाराम भर्ने कुरामा पनि अतिरिक्त पैसा असुल्नका लागी कर्मचारी र विचौलिया बीचको आपसी फाईदा कमाउन बिचौलीयाको सहयोग लिन वाध्य गराईन्छ । के फाराम भर्न सीकाउने जिम्मा कर्मचारीको होईन र ?

जापानमा हरेक क्षेत्रमा नागरिकलाई उच्च प्राथमिकतामा राखिन्छ । कर्मचारी तथा कम्पनीका मालिक तथा म्यानेजरले सामान्य नागरिकलाई उच्च सम्मान र स्वागत गर्छन् । कसरी उसको काम छिटो भन्दा छिटो सकाईदिने भन्ने सकारात्मक सा]चले सेवा दिईरहेका हुन्छन् । फारममा केही कुरा भर्न नजानेको खण्डमा आफैले भरिदिन्छन् हामीकहाँ जस्तो रिसाउने, फाईल नै फालिदिने या फुर्सद छैन पछि आउनुस् भन्ने चलन विल्कुल हुँदैन यहाँ । नेपालमा खाजा खाने समय हुनु अगावै कार्यालयका कर्मचारीहरु कार्यकक्ष छोडेर निस्कन्छन् तर यहाँ आलोपालो गरेर मात्र खाना खान्छन् कर्मचारीहरु ताकी सेवाग्राहीलाई असुविधा नहोस् र काम नरोकियोस् ।

जापानमा विद्यालयहरु पनि विहान ९ बजे देखि नै खुल्छन् । यहाँ साना–साना बालवालिकाहरु लाई स्कुलसम्म पु¥याउन र लिन अभिभावकहरु गएको कहिँ पनि देखीँदैन । साना–साना बालबालिकाहरु पनि सडकको किनारबाट हिडेर आफै स्कुल गईरहेका हुन्छन् । यहाँ सबै व्यस्त हुने भएकोले होला बालबालिकाहरु लाई घरमा अभिभावकले र स्कुलमा शिक्षकहरुले सम्पुर्ण कुरा सिकाएका हुन्छन् उनिहरुलाई । जस्तै बाटो कसरी र कहाँबाट काट्ने, सडकमा कसरी कुन साईडवाट हिड्ने , बाटोमा कोही भेटिएमा नमस्कार गर्ने आदी ।

यहाँका साना बालबालिकाहरु पनि अति शान्त, सरल र अनुशासित देखिन्छन् । बाटोमा हिड्दा होस् या सार्वजनिक यातायातमा भेटिँदा उनिहरु हल्ला गरेको, चर्को आवाजमा बोलेको या कसैलाई एकोहोरो नियालेर हेरेको देखीँदैन । बच्चाहरु पनि बयस्कहरु जस्तै सानैदेखी भद्र स्वभावकै देखिन्छन् । अभिभावक र शिक्षकले सिकाएको कुरा हुबहु पालना गर्छन् ।

अभीभावक अनुशासित भयो भने बच्चाहरु पनि अनुशासित हुन्छन् भन्ने पाठ मजाले सिक्न पाईन्छ यहाँ । जवकी हामीकहाँ अभिभावक नै सार्वजनिक स्थलमा हल्ला गर्ने , चर्को आवाजमा गफ गरेर बस्ने चलन हुन्छ ।

यहाँका नागरिकहरु आफ्नो मेहनतमा विश्वास गर्छन् । हरेक नागरिकहरु देशको नियम प्रति उत्तरदायी हुन्छन् । झुट नबोल्ने, सबैसंग हाँसेर बोल्ने, सहयोगी र मिलनसार हुन्छन् यहाँका मानिसहरु । यो देख्दा साच्चै आनन्द लाग्नु स्वभाविक हुन्छ ।
यहाँका हरेक कुराहरुमा लोभिनु स्वभाविक हुन्छ जो कोही पनि तर, आफ्नो देशमा राज्यले आफ्ना नागरिकहरुलाई सामान्य कुराहरुको पनि सुविधा दिन नसकेको देखेर अचम्म लाग्छ । वर्षों लगाएर वनाईएका केही भौतिक पुर्वाधारहरु पनि २/४ वर्ष पनि नटिक्ने बनाईन्छ त्यही विकास पनि देशको हरेक क्षेत्रमा पुग्ने कहीले होला ?

Sagun Sandesh

भर्खरै

लोकप्रिय