हरेक दिनका समाचारहरुले मनमा एक किसिमको त्रास त थियो नै त्यसमा पनि नेपाली यति र उती भन्ने समाचारहरुले मन झन दुःखी बनाउथ्यो । यो त्रसित समयमा आफ्नाहरुलाइ गुमाउनुको पिडा म सोच्न पनि सक्दिनथे । मेरो एकजान सिरिलियोन साथीको बुबाआमाको कोभिड -१९ को कारणले दुइ दिनको अन्तरालमा मृत्यु हुदा उसलाइ फोन गरेर सान्त्वना दिनेबाहेक अरु केही गर्न पनि सकिन । साथीसँगको निकटताले उसको बुबाआमा सँग पनि म नजिक थिए तर विडम्बना उसको दु:खमा केही गर्न सकिएन मात्र टेलिफोन बाट सन्त्वना ।
कान्ति गुरुङ श्रेष्ठ (हालः लण्डन)
जिन्दगीलाई परिभाषित गर्ने धारणा यो कोभिड १९ ले गर्दा बेग्लै भएको छ। जीवन जगत भन्ने कुरो आफु रहुन्जेल मात्र रहेछ । अरु यो धन सम्पत्ति, सफलता अहंकार भन्ने चिज मात्र भ्रम रहेछ । सबका सबको औकात एकनाशमा ल्याइदियौ । कोबीड-१९ ले ।
शुरुशुरुमा यस्तो भयानक स्थिति आउला भनेर पटक्कै सोचिन । चाइनामा भाको कुरा उतै सकिएला भन्ने भयो । विस्तारै युरोपियन देशहरु हुँदै म बस्ने देश बेलायतमा पनि आइपुग्यो । १० दिनको नेपाल बसाइ पश्चात स-परिवार फेब्रुअरी २१ मा बेलायत आइपुग्यौं । मेरो फलोअप चेकअप थियो मार्चको ५ तारिख । समय अनुकुल नभएको कारण इभिनिङ्गमा चेन्ज गर्नुलाई जिपीमा फोन मात्र के गरेको हाल कुनै देश भ्रमण गरेको थियो भनेर सोध्यो । मैले म नेपाल गएर आएको भनेपछि उसले १११ मा फोन गरेर कोभिड -१९ को बारेमा छलफल गरेर उताबाट जिपीमा जान मिल्छ भने मात्र म डाक्टरसँग फोनवार्ता गराउँछु भनेर फोन राख्यो । १११ मा फोन गरेपछि मुटुको धड्कन बढ्न थाल्यो । धेरै समय कुरेपछि बल्ल पालो आयो । सबै विवरण हरुको बेलिबिस्तार गरेपछि बल्ल जिपीमा जान पास भयो । जिपीमा रेगुलर फलो अप पछि जिन्दगी सामान्य ढंगले चल्दै थियो । विस्तारै कोभिडको बारेमा हल्ला चल्दै गयो । वेलुका खाना खाने बेलामा श्रीमानले एकजना नेपाली दिदिलाई गाह्रो भएर हस्पिटल भर्ना भएको कुरा सुनाउनु भयो । खाना खाएपछि हतार हतार सामाजिक सञ्जालमा खोज्न थाले र त्यो दिदि बोलेको भिडियो भेटियो । दिदिको नाम भगवती रानाभाट, एक नेपालीको नाताले मन त दुखेर आयो । केही समयपछि मलाइ याद भयो भगवती दिदि र म मे ८ तारिखमा एउटै टेबलमा मज्जाले चियापानी खादै विताएका थियौँ । दिदिलाइ त्यही रातीदेखि ज्वरोले चापेको रहेछ । अब विस्तारै मेरो दिमाग हल्लिन लाग्यो । अलिकति शरीर तात्न थाल्यो कि थर्मामिटरले ज्वरो नापिहाल्थे । पछि भगवती दिदि सञ्चो भएर फर्किनुभएको कुराले खुसी भयौँ ।
हरेक दिनका समाचारहरुले मनमा एक किसिमको त्रास त थियो नै त्यसमा पनि नेपाली यति र उती भन्ने समाचारहरुले मन झन दुःखी बनाउथ्यो । यो त्रसित समयमा आफ्नाहरुलाइ गुमाउनुको पिडा म सोच्न पनि सक्दिनथे । मेरो एकजान सिरिलियोन साथीको बुबाआमाको कोभिड -१९ को कारणले दुइ दिनको अन्तरालमा मृत्यु हुदा उसलाइ फोन गरेर सान्त्वना दिनेबाहेक अरु केही गर्न पनि सकिन । साथीसँगको निकटताले उसको बुबाआमा सँग पनि म नजिक थिए तर विडम्बना उसको दु:खमा केही गर्नु सकिएन, मात्र टेलिफोन बाट सन्त्वना ।
यस्तै केही दिन पछि मलाइ मेरो साथी (आलुको) फोन आयो । एकजना दिदिको ससुरालाइ पनि कोभिड-१९ को कारण आइसियुमा भर्ना गरिएको रहेछ भनेर केही दिन अघि मात्र उहाँ र हामी एउटा कार्यक्रममा सहभागी भएर एउटै गाडीमा फर्केका थियौँ । मेरो शरीर फेरी गल्न थाल्यो । सास फेर्न गाह्रो भएजस्तो र शरीरको तापक्रम बढेजस्तो हुन थाल्यो । केही दिनमा बुबा वित्नु भयो भनेर नमिठो खबर सुन्नु पर्यो । त्यो पहिलो भेट नै अन्तिम भयो र केवल सम्झनामा सिमित रहने भयो । बुबासँग खिचिएका तस्वीरहरु अझैपनि मोबाइलमा कैद छन । बुबाको आत्मालाई शान्ति मिलोस । मेरा केही नजिकका साथीभाइहरुलाइ पनि पोजेटिभ देखियो भन्ने खबर आयो तर समय क्रमसँगै सबैजना निको भयो र कति हुँदै पनि छन ।
अचम्मको कुरा त मेरो एकजना फिलिपिनी साथी जस्ले भर्खरै क्यान्सरलाइ जितेकी थिइ, कुनै सिम्ट्म्स बिना उसलाइ समेत कोरोनाले समातेछ । तर उसलाइ पनि दुइ हप्तामा निको भयो । मेरा केही आफन्तहरु पनि एकान्तबासमा थिए । यो विवश समयमा चाहेर पनि कसैलाई केही गर्न नसक्नुको पिडा, हरेक दिनका समाचार, मन भित्रको एक प्रकारको त्रास अनि नेपाली उखान ‘बनको बाघले नखाएपनि मनको बाघले खायो’ भनेजस्तो मलाइ पनि एन्जाइटीले समायो । यो दौरनमा दुइचोटि इमर्जेन्सी मै पुरायो । पहिलो पटक सास फेर्न गाह्रो भएर अनि दोस्रो पटक उच्च रक्तचापका कारण । पहिलो चोटि जाँदा इसिजिको रिपोर्ट राम्रो नभए पछी अरु जाँचको लागि एकरात बर्नेट् हस्पिटलमा वितायौं भने अर्को चोटि दिनभरि बसेर साँझ फर्कियौं ।
अहिले सकेसम्म समाचारहरुलाइ फलो गर्न छोडेको छु भने कोभिड-१९ को बारेमा धेरै लेख्ने केही साथीहरुलाइ समेत अनफलो गरेको छु । डाक्टरको सल्लाह अनुसार औषधी समेत लिँदै गरेको छु । लाग्छ मलाइ जस्तै धेरै जनालाइ यो महामारीले स्वास्थ्यमा थप समस्याहरु निम्त्यो होला ! अहिले चै म सकेसम्म आफुलाइ व्यस्त राख्ने कोशिश गर्छु । नजिकका साथीभाइ सँग कुराहरु सेयर गर्छु, विहान वेलुका योगा गर्छु । शत प्रतिशत नै त नभनौँ तर धेरै सहज महशुस गरेको छु । हिजोआज म बस्ने देशमा पनि मृत्युका केशहरु कम हुदै गएकोले आशाहरु पलाएको छ । हाम्रो हस्पिटल बसाइका क्रममा छोरा अकृतलाई हेरविचार गरिदिनुहुने छिमेकी स्टमित्रलाई धेरै धेरै धन्यवाद… जिन्दगीको झन माया लगेर आएको छ अनी भजन शिरोमणि भक्तराज आचार्यको हजार सपनाहरुको माया लागेर आउँछ गुन्गुनाउन मन लगेर आएको छ…।