Homeराजनीतिएकीकृत समाजवादीले पायो कलम चुनाव चिन्ह

एकीकृत समाजवादीले पायो कलम चुनाव चिन्ह

Sagun Sandesh

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले कलम चुनाव चिन्ह पाएको छ ।

बुधबार बसेको निर्वाचन आयोगको बैठकले एकीकृत समाजवादी पार्टीलाई कलम चुनाव चिन्ह  प्रदान गर्ने निर्णय गरेको हो ।
नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले पत्रमार्फत पार्टीलाई जानकारी गराएको छ ।

आयोगले एकीकृत समाजवादीलाई रातो पृष्ठभूमिमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झण्डाका रूपमा मान्यता दिएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय