जापानमा रहेका नेपालीहरुको लगानीमा टोकियोको कोईवा सहरमा ‘हिमालय इन्टरनेशनल एकेडेमी’ नामक नेपाली विद्यालय संचालनमा आएको छ ।
नेपाली बालबालिकाका लागि नेपाली पाठ्यक्रममा आधारित शिक्षाका साथसाथै जापानी भाषा समेतको अध्यापन गराईने उक्त विद्यालयमा नर्सरी देखि कक्षा ४ सम्मका बालबालिकालाई आगामी अप्रिल १ तारिकबाट पठन–पाठन सुरु गरिने जानकारी दिईएको छ ।
विद्यालयद्वारा आईतबार विद्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय व्यवस्थापन समितिले उक्त जानकारी दिईको हो । कुल १ सय जना विद्यार्थी क्षामता रहेको विद्यालयमा हाल किरव ४० जना विद्यार्थी भर्ना भएकाे जानकारी दिँदै हालकाे संख्यालाइ बर्षेनी बृध्दी गरिने जानकारी दिइएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन रिजालले विद्यालय संचालनका लागी आवश्यक सबै प्रकृया पूरा गरी पठन पाठन सुरु गर्न लागेको जानकारी दिनुभयो । उहाँले परदेशमा रहेका नेपाली समुदायका बाल बालिकाको सहजताका लागि नेपाली पाठ्यक्रमा जापानी प्रविधीको उच्च प्रयोग गर्दै सवल र सक्षम नागरिक तयार गर्न संचालक समिती लागीपरेको बताउनुभयो ।
विद्यालय संचालनका लागि नेपाल तथा जापान सरकारको आवश्यक दर्ता लगायतका सबै प्रकृया पुरा गरेको बताउँदै अध्यक्ष रिजालले भन्नुभयो “हामीले विद्यालय संचालनका लागि दर्ता प्रकृयामा कुनै कसर बाँकी राखेका छैनौं, विद्यार्थीहरुको सुरक्षा र सुन्दर भविष्य प्रति प्रतिबद्ध छौं त्यसैले ढुक्क भएर बालबालीका भर्ना गर्न अभिभावकलाई आग्रह गर्दछु ।”
पत्रकार सम्मेलनमा प्रधानाध्यापक शिशीर गौडेलले गुणस्तरीय शिक्षाका लागी दक्ष र अनुभवी शिक्षकको माध्यममबाट बालमनोविज्ञानमा आधारीत रही पठनपाठन सुरु गर्ने जानकारी दिनुभयो । वालवालीकाको सर्वाङ्गीड विकासका लागि पाठ्यक्रम संगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिने बताउनुभयो ।
संचालक समितीका सदस्य रोशन केसीले विद्यालय संचालनका लागि नेपाल र जापान दुवै देशबाट स्विकृती लिनुपर्ने भएकोले जापानबाट कानुनी प्रकृया पुरा गरेको र नेपाल बाट पनि संचालन अनुमति आउने प्रकृयामा रहेकोले विद्यालय संचालन गर्न लागेको जानकारी दिनुभयो ।
जापानमा विभिन्न पेशा ब्यवसाय गर्ने समाजसेवी चिन्तन भएका तेह्र जना नेपालीहरु संचालक समिति रहेका विद्यालयले हाल नर्सरी देखि कक्षा ४ सम्म अध्यापन संचालन गर्ने र कक्षा थप गर्दै एसईई सम्म पुर्याउने योजना रहेको बताईएको छ । विद्यालयमा १ जना विद्यार्थी बराबर मासिक शुल्क ४ मान (४० हजार ऐन) एकै परीवारको २ जना भए २५ प्रतिशत छुट र भर्ना शुल्क १ मान (१० हजार ऐन) तय गरेको समितिले जनाएको छ । भर्ना शुल्कमा पुस्तक र ड्रेस समेत समावेस गरेको बताएको छ ।
पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको प्रमुख आतिथ्यता तथा सल्लाकार सुदिप अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा जापानमा रहेका विभिन्न संचार माध्यमको प्रतिनिधिका रुपमा उपस्थित पत्रकारहरुले विद्यालय संचालन लगायतका विषयमा प्रश्न गरेका थिए ।
नेपालीहरुले टोकियोमा खोले नेपाली स्कुल हिमालय इन्टरनेशनल एकेडेमी
विद्यालय संचालनका लागि दर्ता प्रकृयामा कुनै कसर बाँकी राखेका छैनौंः अध्यक्ष रिजाल