काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित हुनुभएको छ ।
बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहनुभएको घिमिरेले ३९ मत प्राप्त गर्नुभयो । उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत ल्याउनु भयो ।
घिमिरेलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले मत दिएका थिए ।
पुडासैनीलाई कांग्रेस र लोसपाका सांसदले मत दिए ।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घिमिरे राष्ट्रिय सभा उपाध्यक्षमा विजयी बनेको घोषणा गर्नुभयो ।