Homeराजनीतिसिंहदरबारमा गोली चल्दा कर्मचारीको भागदौड

सिंहदरबारमा गोली चल्दा कर्मचारीको भागदौड

Sagun Sandesh

काठमाडौं । बुधबार सिंहदरबारभित्र रहेको संसद सचिवालय परिसरमा गोली चल्दा कर्मचारीको भागदौड मच्चिएको छ ।

बुधबार दिउँसो सिंहदरबारभित्र गोली चलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतका अनुसार राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालको अंगरक्षक असइ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।  

भर्‍याङ ओर्लने क्रममा खसेर गोली चलेको बस्नेतले बताए। गोलीले मानवीय क्षति भने भएको छैन। यसबारेमा भारतीसँग सोधपुछ भइरहेको छ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय