जन कल्याणकारी संस्था जापानले आगामी दुई बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
मंगलवार जापानको साइतामा प्रान्तमा सम्पन्न संस्थाको चौंथो अधिवेशनले ऋषी राम सापकोटाको नेतृत्वमा २१ सदस्यीय समिति सर्वसम्मतनिर्वाचित गरेको हो। अन्य छ जना सदस्य मनोतित गरिने बताइएको छ। समितिको उपाध्यक्षमा मेघनाथ खराल (मुकुन्द), प्रिन्सेस खरेल र कृष्ण प्रसाद खराल , सचिवमा तेजप्रसाद खरेल, सह-सचिवमा कमललामिछाने (प्रकाश), कोषाध्यक्षमा केशव सापकोटा, सह-कोषाध्यक्षमा शोभा घिमिरे, प्रवक्तामा ध्रुव कँडेल, अक्षयकोष संयोजकमाटंक लामिछाने निर्वाचित हुनुभएको छ l
त्यस्तै सदस्यहरुमा कमल सापकोटा , रमा सापकोटा, ऋषी राम घिमिरे, यज्ञमुर्ति खरेल , सञ्जु सापकोटा, भक्त बहादुर घर्ति , आनन्दसुवेदी, पूर्ण बहादुर जिसी, बिष्णु सापकोटा, घनश्याम कँडेल (नविन) लगायतत निर्वाचित हुनुभएको छ।संस्थाको अधिवेशनबाट गुल्मी जिल्ला प्रतिनिधि नारायण घिमिरे र नवलपुर जिल्ला प्रतिनिधिमा छविलाल घिमिरेलाई चयन गरेको छ।घनश्याम कँडेल (अर्जुन) को सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा गैर आवासीय नेपाली संघ एसिया प्यासेफिक संयोजकडि. पी. कंडेल, एशिया प्यासेफिक उप- संयोजक दीपक कँडेल, संस्थाका संस्थापक अध्यक्ष टिकाराम खरेल, पूर्व अध्यक्षएवं संरक्षक हरीप्रसाद खराल, बिहुँकोट समाजका अध्यक्ष घनश्याम कँडेल , वामी सेवा समाजका अध्यक्ष कृष्ण शर्मा साकोटा, अर्लाङ्गकोट सेवासमाजका अध्यक्ष गोपाल सापकोटा साथै संस्थाका संरक्षक तथा सल्लाहकारहरुले शुभकामना व्यक्तगर्नु भएको थियो l
संस्थाका सचिव तेज प्रसाद खरेलले प्रगति र कोषाध्यक्ष मेघनाथ खराल ( मुकुन्द) ले आर्थिक प्रतिवेदन प्रश्तुत गर्नु भएको थियो l विभिन्न पेशा ववसाय तथा रोजगारीका सिलसिलामा जापान कर्मथलो बनाएका १०२ सदस्य संख्या रहेको यो संस्था सन २०१२ मास्थापना गरिएको थियो l नेपालमा दैवीप्रकोप, बिरामी भई उपचार गराउन नसकेका, दिर्घकालीन रोगका कारण उपचार गराई रहेकाहरुलाई थप उपचारगराउनका लागि आर्थिक सहयोग , दुर्घटना वा भवितव्यमा परि ज्यान गुमाएकाहरुको बाल बच्चाका शिक्षाका लागि अक्षयकोषस्थापना, जापान लगायत विदेशका बिभिन्न स्थानमा ज्यान गुमाएकाहरुकोदाह संस्कार तथा परिवार लाई आर्थिक सहयोग जस्ताकार्यहरु गर्दै आएको उक्त अधिवेशनमा जानकारी गराईएको थियो ।
कार्यक्रममा संस्थाका संरक्षक एवं पूर्व अध्यक्ष हरी प्रसाद खराल र संस्थापक अध्यक्ष एवं संरक्षक टीकाराम खरेललाई सम्मान गर्नुकासाथै अजिवन तथा साधारण सदस्यहरुलाई प्रमाण- पत्र वितरण गरिएको थियो l कार्यक्रम कृष्ण खरेल (सागर)ले संचालन गर्नु भएको थियो l


