Homeब्रेकिङ न्युजसंसद् बैठकः विरोधका बीच दलसम्बन्धी अध्यादेश पेस, अर्को बैठक भदौ २५ मा

संसद् बैठकः विरोधका बीच दलसम्बन्धी अध्यादेश पेस, अर्को बैठक भदौ २५ मा

Sagun Sandesh

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन् ।

बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।

यसअघि नेकपा एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई निर्णय प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो ।

अवरोधपछि १५ मिनेटका लागि बैठक स्थागित गरिएको थियो । १५ मिनेटपछि बसेको दोस्रो बैठक पनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख सापकोटाले बैठक स्थगित गरेका थिए ।

एमाले सांसदले नाराबाजी नरोकेपछि उनले मागमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद संचालनमा सहयोग गर्न पटक पटक आग्रह गरेका थिए ।

उनले संविधान, नियम र कानुनअनुसार चल्न आग्रह गर्दै बैठक संचालन गर्न अनुरोध गरेका थिए ।
 

Sagun Sandesh

भर्खरै

लोकप्रिय