Homeब्रेकिङ न्युजनेपालमा बुधबार थप १ हजार ७६० जनामा कोरोना, ७ संक्रमितको मृत्यु

नेपालमा बुधबार थप १ हजार ७६० जनामा कोरोना, ७ संक्रमितको मृत्यु

Sagun Sandesh

काठमाडौँ– नेपालमा बुधबार थप १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ५२४ जनाको पीसीआर परीक्षणमा १ हजार ३३२ र ४ हजार ३२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४२८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार २२० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय