Homeब्रेकिङ न्युजवर्तमान सरकार अबको १४ महिनापछि बिलेर हराउने ओलीको दाबी

वर्तमान सरकार अबको १४ महिनापछि बिलेर हराउने ओलीको दाबी

Sagun Sandesh

काठमाडौँ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अस्वाभाविक र विचित्र ढङ्गबाट आएको औंल्याउँदै अबको १४ महिनापछि बिलेर हराउने दाबी गरेका छन् ।

शनिवार (आज) काठमाडौँमा आयोजना गरिएको नेपाल निजामती कर्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘यो सरकारमा रहेका दलहरू अबको १४ महिनापछि बिलाउँछन् ।

उनीहरू फ्रिजमा बनाइएका आइसजस्ता हुन् । यसलाई केही छिन बाहिर राखियो भने बिलाएर कता हराउँछन् हराउँछन् । कोही अवैधानिक ढङ्गले बनेका छन् । हामीले साउन २५ गते कारबाही गरेको साथीहरू अहिले सांसद नै बनेर बसिरहेका छन् ।’

यस्तै ओलीले निर्वाचन आयोग र सभामुखले तमासा देखाएको बताएका छन् । ‘हामीले कारबाही गरेको सांसदहरू अहिले सांसद नै भए । निर्वाचन आयोगले तमासा देखायो ।

सभामुखले तमासा देखाए,’ ओलीले भने, ‘असंवैधानिमाथि असंवैधानिक हुँदै आयो । यसैले भनेको हुँ अबको १४ महिनापछि हुने चुनावपछि अहिलेका पाँच पार्टी हराउँछन् ।’

Sagun Sandesh

भर्खरै

लोकप्रिय