Homeराजनीतिप्रतिनिधिसभाले प्रस्ताव पास गरेर मात्रै आफूलाई विघटन गर्न पाउनुपर्ने व्यवस्था आवश्यक छः...

प्रतिनिधिसभाले प्रस्ताव पास गरेर मात्रै आफूलाई विघटन गर्न पाउनुपर्ने व्यवस्था आवश्यक छः सभामुख सापकोटा

Sagun Sandesh

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक परे प्रतिनिधिसभाले प्रस्ताव पास गरेर मात्रै आफूलाई विघटन गर्न पाउनुपर्ने व्यवस्था आवश्यक रहेको बताएका छन् ।

शनिबार संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको विधायिकी खुलापन–लोकतन्त्र मेलालाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधि सभाको विघटन प्रतिनिधिसभाले मात्रै गर्न सके सबैभन्दा लोकतान्त्रिक हुने बताए ।

सबैभन्दा वैज्ञानिक र जनताको सार्वभौमिक अधिकारको सम्मानका लागि पनि यस्तो व्यवस्था हुनुपर्ने उनको भनाइ छ । जनताको चाहाना र राष्ट्रको आवश्यकताभन्दा अरु ठूलो केही हुन नसकने भन्दै उनले आफूले कानुनभन्दा बाहिर गएर कुनै काम नगर्ने धारणा राखे । संसदलाई अझै प्रभावकारी बनाउनका लागि अहिलेकै गतिमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेकाले संसदलाई प्रभावकारी बनाउन भूमिका खेल्ने उनले बताए ।

त्यस्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विधि र विधान बनाउने क्रममा आफुले गरेको योगदानको मुल्याङ्कन गर्ने अवस्था आएको बताए । सभा चलाउनेदेखि सांसदहरुले पालना गर्नुपर्ने नियमका बारेमा जिम्मेवार हुनुपर्ने भन्दै उनले इतिहासको कठघरामा आनन्दित हुने काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बिधायन समितिका सभापति परशुराम मेघी गुरुङद्वारा लिखित नेपालमा कानूनको सामाजिक जाँच पुस्तक बिचोन गरिएकोे थियो भने बिभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय