Homeब्रेकिङ न्युजजबजको मूल्य र मान्यतालाई रक्षा गर्दै अघि बढ्ने नेपालको भनाइ

जबजको मूल्य र मान्यतालाई रक्षा गर्दै अघि बढ्ने नेपालको भनाइ

Sagun Sandesh

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज)लाई आत्मसात गर्न चाहेको बताएका छन्।

अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

पार्टीनिकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरूको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढ्ने पनि बताए।

अध्यक्ष नेपालले माओ, होचिमिन्हजस्ता नेताहरुले विश्व कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

‘जनताको बहुदलीय जनवादीलाई हामीले आत्मसात गर्न चाहन्छौं। र त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौं, उनले अगाडि भने, ुचीनमा माओ, देङसेवापिङ जस्ता नेताहरु जन्मे। त्यसैगरी, भियतनाममा होचिमिन्हलगायतका नेताहरूले कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाए। हामीकहाँ पनि पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी तुलसीलाल जस्ता योद्धाहरु देखा परे। ती सबै योद्धाहरुप्रति हामी गौरव बोध गर्दछौं। उहाँहरुको जीवनबाट प्रेरणा लिएर हामी अघि बढछौं।’

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी दिने कामलाई जोड दिने बताए। उनले त्यसका लागि आफूलाई दक्ष बनाउने गरी प्रशिक्षित हुन पनि आफूनिकट पार्टीका युवा संघका नेता, कार्यकर्तालाई सचेत पनि गराए। अध्यक्ष नेपालले पार्टीमा आवद्ध युवाहरुले सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।

Sagun Sandesh

भर्खरै

लोकप्रिय