Homeब्रेकिङ न्युजकांग्रेसले आजदेखि ६४ जिल्लाको पालिका अधिवेशन गर्दै

कांग्रेसले आजदेखि ६४ जिल्लाको पालिका अधिवेशन गर्दै

Sagun Sandesh

काठमाडौं । नेपाली कांग्रेसले आज (शुक्रबार)देखि वडा अधिवेशन सकिएका ६४ जिल्लाको पालिका अधिवेशन सुरु गर्दैछ। वडा अधिवेशन सकिएका ६४ जिल्ला मध्ये अधिकांशमा आज गाउँ र नगर अधिवेशन हुँदैछ।

काठमाडौं, ललितपुर लगायतका जिल्लामा वडा अधिवेशन सकिएपनि आज पालिका अधिवेशन नहुने भएको छ। काठमाडौंका पालिकामा १६ गते अधिवेशन हुने भएको छ।

ललितपुरको पालिका स्तरको अधिवेशन सोमबार हुने भएको छ। प्राविधिक कारण तथा वडा अधिवेशनबाट निर्वाचित सूची तयार गर्न समय लागेकोले सारेको बताइएको छ।

काभ्रेमा जिल्ला कार्य समिति र निर्वाचन समितिबीचमा विवाद हुँदाहुँदै गाउँर नगर अधिवेशन हुने भएको छ। जिल्ला सभापति मधु आचार्यले निर्वाचन अधिकृत बेपत्ता भएको सूचना जारी गरेका छन्।

निर्वाचन अधिकृत राजेन्द्र लामिछाने सम्पर्क विहीन भएकाले गाउँरनगर अधिवेशन अनिश्चितकालका लागि रोकेको उनले सूचना जारी गरेका थिए।

निर्वाचन अधिकृत लामिछानेले आफू बेपत्ता नभएको सामाजिक सञ्जालमा शुक्रबार अबेर लेखेका छन्। अधिवेशनका लागि खटिरहेको उनले बताए।

Sagun Sandesh

भर्खरै

लोकप्रिय