काठमाडौं । मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित हुनु भएको छ ।
उहाँले पूर्वप्रधानमन्त्री एवं कांग्रेस नेता स्वर्गिय गिरिजाप्रसाद कोइराला तीन पटक निर्वाचित भएको क्षेत्रबाट कांग्रेस नेतृ सुजाता कोइरालालाई पराजित गर्दै विजयी हुनु भएको हो ।
सुजाता स्वर्गिय गिरिजाप्रसाद कोइरालाकी छोरी हुनुहुन्छ ।
पोखरेल ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत ल्याउनु भयो ।
पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनु भएको थियो । पोखरेल २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट कांग्रेस उम्मेदवार डा मिनेन्द्र रिजालसँग पराजित हुनु भएको थियो।
रिजाल यसपटकको निर्वाचनमा प्रतिस्पर्धामा हुनुहुन्न ।