Homeकोशीमोरङ २ बाट एमालेका पोखरेल विजयी, सुजाता कोइराला पराजित

मोरङ २ बाट एमालेका पोखरेल विजयी, सुजाता कोइराला पराजित

Sagun Sandesh

काठमाडौं । मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित हुनु भएको छ ।

उहाँले पूर्वप्रधानमन्त्री एवं कांग्रेस नेता स्वर्गिय गिरिजाप्रसाद कोइराला तीन पटक निर्वाचित भएको क्षेत्रबाट कांग्रेस नेतृ सुजाता कोइरालालाई पराजित गर्दै विजयी हुनु भएको हो ।

सुजाता स्वर्गिय गिरिजाप्रसाद कोइरालाकी छोरी हुनुहुन्छ ।

पोखरेल ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत ल्याउनु भयो ।

पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनु भएको थियो । पोखरेल २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट कांग्रेस उम्मेदवार डा मिनेन्द्र रिजालसँग पराजित हुनु भएको थियो।

रिजाल यसपटकको निर्वाचनमा प्रतिस्पर्धामा हुनुहुन्न ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय