Homeअन्तर्राष्ट्रियइजिप्टमा नेपालको चर्चा गरेर आइन् यी सुन्दरी

इजिप्टमा नेपालको चर्चा गरेर आइन् यी सुन्दरी

Sagun Sandesh

काठमाडौं । मिस इको इन्टरनेशनल नेपाल अनुश्मा रायमाझीले नेपालको वातावरण र पर्यटन क्षेत्रमा काम गर्ने इच्छा रहेको बताएकी छन् । नेपालमा इको टुरिजमको विकासका थुप्रै सम्भावना रहेको आफुले पाएको बताएकी रायमाझीले इको टुरिजमको विकास गर्न सके देश अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन र आर्थिक आर्जन गर्न सजिलो हुने उनको भनाई रहेको छ ।

इजिप्टमा आयोजना भएको ‘मिस इको इन्टरनेशनल २०२१ ’ मा नेपाल प्रतिनिधित्व गरेर गत शुक्रबार नेपाल फर्किएकी रायमाझीले प्रतियोगिताबाट ‘मिस इको एसिया’ टाइल समेत नेपाल भित्र्याउन सफल भएकी छन् । प्रतियोगितामा शीर्ष पछि सबैभन्दा महत्वपूर्ण मानिएको यो उपाधि नेपाल भित्रिनु राष्ट्रका लागि एउटा महत्वपूर्ण उपलब्धिको रुपमा उनले लिएकी छन् ।

  • विभिन्न ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म इजिप्टमा आयोजना भएको थियो । २१ वर्षीय रायमाझी कार्यक्रममा नेपालका कल्चरल ड्रेस, सांस्कृतिक र पर्यटकीय स्थानको भिडियोसहित सहभागी भएकी थिइन्

सोमबार साँझ बत्तिसपुतलीस्थित द स्ट्रान्ड होटल दड्स मिरिज सरासरमा आयोजित एक पत्रकार भेटघाटसहित आफ्नो ‘मिस इको इन्टरनेशनल’ यात्रा र आगामी दिनको योजना जानकारी दिएकी रायमाझीले प्रतियोगितामार्फत आफुले देशलाई समेत चिनाउन सफल भएको दाबी गरिन् । ‘कार्यक्रममा मैले नेपाललाई सगरमाथा, बुद्धको देशको अलवा बिभिन्न कला संस्कृतिले भरिएको राष्ट्रको रुपमा चिनाए’ रायमाझीले अगाडि भनिन्, ‘प्रतियोगिताबाट मैले धेरै देशका बारेमा सिक्न र जान्न समेत सफल भए ।’

कार्यक्रममा पूर्व मिस इको इन्टरनेशनल नेपाल तथा मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले रायमाझीले ‘मिस इको एसिया’ ताज नेपाललाई दिलाएर महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् । ‘मिस युनिभर्स’ पहिले आफुले पनि ‘मिस इको इन्टरनेसनलमा’ सहभागी भएको जानकारी दिएकी नग्माले उक्त प्रतियोगिताबाट आफुले धेरै कुरा सिकेको र अहिले शो कुरा कामका लागि लाभदायक भएको बताइन् ।

६० देशका सुन्दरी सहभागी

‘मिस इको इन्टरनेशनल नेपाल २०१८’ की विजेता मौनता लामाले समेत प्रतियोगिताको बिषयमा आफ्नो धारणा राखेको कार्यक्रममा मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रीन आर्ट मिडियाले रायमाझीलाई बधाई समेत दिएको थियो ।
विभिन्न ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म इजिप्टमा आयोजना भएको थियो । २१ वर्षीय रायमाझी कार्यक्रममा नेपालका कल्चरल ड्रेस, सांस्कृतिक र पर्यटकीय स्थानको भिडियोसहित सहभागी भएकी थिइन् ।

कार्यक्रमका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार पारेकी थिइन् । प्रतियोगिताको लागि आवश्यक विभिन्न प्रशिक्षण अनिला श्रेष्ठले दिएकी थिइन् । ‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि.अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय