Homeकोशीउदयपुरको भुल्केबस्तीका थप ८ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ, धरानको प्रयोगशालामा भेरिफाइ हुँदै

उदयपुरको भुल्केबस्तीका थप ८ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ, धरानको प्रयोगशालामा भेरिफाइ हुँदै

Sagun Sandesh

काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केबस्तीका थप आठ जनाको विराटनगर प्रयोगशालामा गरिएको कोभिड-१९ परीक्षण नतिजा पोजिटिभ देखिएको छ।

एकैपटक १३ जना संक्रमित देखिएको उदयपुर त्रियुगा नगरपालिका-३ भुल्केबस्तीको मस्जिद वरपरका उनीहरूको थ्रोट स्वाब नमूना परीक्षणको क्रममा पोजिटिभ आएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रयोगशालामा पुन: जाँच गर्न लागिएको छ।

६ गते नमूना संकलन गरिएका ६९ जनाको परीक्षण गर्दा कोशी अंचल अस्पतालको ल्यावमा आठजनाको नतिजा पोजिटिभ आएको प्रदेश १ का कोभिड-१९ सूचना केन्द्र एवं मोरङ जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले देखापढीलाई बताए।

“भेरिफाइ रिजल्ट नआएसम्म यकिन गर्ने कुरा आउँदैन। हामीले आठजनालाई विराटनगर ल्याएर आइसोलेसनमा राखेका छौं। उहाँहरूको स्वास्थ्य सामान्य छ”, बस्‍नेतले जानकारी दिए।

त्यहाँका ६९ घरका एक/एक जनाको नमूना संकलन गरेर विराटनगर लगिएको थियो।

त्रियुगा नगरपालिका-३ भुल्केका वडा अध्यक्ष अवधेशकुमार चौधरीका अनुसार उनीहरू आठैजनालाई आज बिहानै एम्बुलेन्समा हालेर विराटनगर लगिएको छ।

कोभिड-१९ का बिरामी भेटिएपछि सिल गरिएको भुल्केबस्ती र आसपासको क्षेत्रमा दुई दिनअघिबाट नेपाली सेनाको चिकित्सक टोलीले थ्रोट स्वाब नमूना संकलन गरिरहेको छ।

छाउनीस्थित सैनिक अस्पतालको चारजनाको प्राविधिक टोली ७ वैशाखमा त्यहाँ उपकरणसहित हेलिकप्टरमा पुगेको थियो।

सो टोलीले १८ नम्बर बाहिनीको खेल मैदानमा भेला गरी स्थानीयवासीको कोभिड-१९ परीक्षणका लागि नमूना संकलन गरेको हो।

सैनिक टोलीले संकलन गरेको ३२० नमूना हिजै हेलिकप्टरबाट टेकुस्थित राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको लागि ल्याइएको छ।

भोलिदेखि अन्यको नमूना संकलन गर्ने तयारी भइरहेको वडा अध्यक्ष चौधरीले बताए।

श्यामकृष्ण दाहाललेे देखापढीमा खवर लेख्नुभएकाे छ।)

Sagun Sandesh

भर्खरै

लोकप्रिय