Homeकोशीउदयपुरमा एकैदिन देखियो ९ जनामा कोरोना, संक्रमित संख्या ४० पुग्यो

उदयपुरमा एकैदिन देखियो ९ जनामा कोरोना, संक्रमित संख्या ४० पुग्यो

Sagun Sandesh

काठमाडाैं । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।

सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठजनाकै पुनः परीक्षण रिपोर्ट पोजिटिभ आएको पुष्टि गरेको हो।

संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन्।

नेपालमा अहिलेसम्म ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यसमध्ये २२ जना उदयपुरमै भेटिएका हुन्। संक्रमितमध्ये कैलालीका दुई, काठमाडाैं र बागलुङमा गरेर पाँजना निको भएर घर फर्किसकेका छन्। 

गत शुक्रबार भुल्केमा रहेको उक्त मस्जिदमा रहेका १६ मध्ये एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि बाँकी चार जनामध्ये थप एकजना पनि संक्रमण देखियो।

गत शनिबार १३ जना संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न विराटनगर पठाइएकोमा ८ जनामा कोरोना देखिएको हो।

यी आठै जना मुस्लिम समुदायका हुन्। सो बस्तीबाट पछि २ सय ५२ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको हो।

आज देखिएको एकजना तीनै मध्येको हो। यसअघि कोरोना पुष्टि भएका १३ संक्रमित पनि मुस्लिम समुदायकै हुन्।

उनीहरू विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन्। संक्रमितको संख्या बढेसँगै भुल्के पूरै बस्ती अहिले पनि सिल गरिएको छ। बस्तीमा सुरक्षाकर्मी खटिएका छन्।

Sagun Sandesh

भर्खरै

लोकप्रिय