काठमाडौं । नेपालमा थप एकजना बृध्दमा कोरोना भाइरस संक्रमण भेटिएको छ।
झापाका ६२ वर्षीय पुरुषमा कोभिड-१९ को पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परीक्षणमा उक्त बृध्दमा संक्रमण देखिएको हो।
स्वास्थ्य अवस्था सामान्य रहेका उनी अस्पतालको आइसोलेसनमा रहेको सह-प्रवक्ता डा. अधिकारीले जनाएका छन्।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ पुगेको छ। यसमध्ये १० जना निको भएर घर फर्केका छन्।