काठमाडौं । नेपालमा आज कोभिड-१९ का अर्का एक जना बिरामी थपिएका छन्।
यो सँगै नेपालमा संक्रमितको संख्या ५२ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी झापाका ५० वर्षीय पुरुष हुन्।
उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
संक्रमितमध्ये हालसम्म १६ जना निको भएर घर फर्किसकेका छन्।