काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र १८ जना रहेका छन् । त्यस्तै महोत्तरीका २, धनुषाका २, भक्तपुरका २, काठमाडौँका १ र सर्लाहीका १ जना छन् ।
थपिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ ।