काठमाडौं। नेपालमा बिहीबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ। देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा १५६ जना नयाँ संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कोरोना भाइरसका कुल संक्रमितको संख्या १०४२ पुगेको छ। अहिलेसम्म कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार दैलेखमा ८, कैलालीमा २,दार्चुलामा १,स्याङ्जामा ३, नवलपुरमा १, धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४, मकवानपुरमा १, बर्दियामा ३, बाँकेमा १, झापामा २५, सर्लाहीमा ७, सिरहामा ६, रौतहटमा २०, दोलखामा २, सोलुखम्बुमा १, बझाङमा १ र सुर्खेतमा १३ जना संक्रमित थपिएका हुन्। अहिलेसम्म नेपालका ५१ जिल्लामा संक्रमित फेला परिसकेका छन्।
हाल सम्म संक्रमित मध्ये १८७ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।