काठमाडौं । नेपालमा शुक्रबार थप १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, सर्लाहीका ५, म्याग्दीका १, बाँकेका १०, कपिलवस्तुका ५१, नवलपरासीका २, रौतहटका ५६, रुपन्देहीका १ र दाङमा २ जना गरी कुल १७० जना संक्रमित थपिएका हुन्।
उनीहरु मध्य १६५ जना पुरुष र ५ जना महिला छन्।
योसँगै नेपालमा कोरोना भाइरसका कुल संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ। तीमध्य २०६ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् । कोरोना भाइरस संक्रमित जिल्लाको संख्या पनि ५२ पुगेको छ।
काेराेनाका कारण थप एक जनाकाे मृत्यु
अर्चाखाँचीका ३५ वर्षीय युवकको कोरोना संक्रमणबाट नै मृत्यु भएको पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो।योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। ११ जेठमा भारतबाट आएका ती युवकको कपिलवस्तुको कृष्णनगर नाकामा मृत्यु भएको थियो।उनको त्यहाँ नै स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। हिजो उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।