Homeब्रेकिङ न्युजनेपालमा एकै दिन १३९ जनामा संक्रमण, कोरोना संक्रमितको संख्या १८११ पुग्यो

नेपालमा एकै दिन १३९ जनामा संक्रमण, कोरोना संक्रमितको संख्या १८११ पुग्यो

Sagun Sandesh

काठमाडौं। नेपालमा साेमवार एकै दिन २ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस संगै भाइरस संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालले आज साँझ विवरण अद्यावधिक गर्दै कोरोना  संक्रमितको संख्या एक हजार ८११ पुगेको जनाएको छ। 

दिउँसो चार बजेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयले पछिल्लो २४ घण्टामा २२६ नयाँ संक्रमित थपिएर संक्रमितको संख्या एक हजार ७९८ रहेको जनाएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २, नवलपरासीका ३, दैलेखका ५१, जुम्लाका १९, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिराहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १ र कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

डोटीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो। यसैगरी कञ्चनपुरका संक्रमित ११ महिने शिशु हुन्। नेपालमा कोरोना भाइरसबाट ५९ जिल्ला प्रभावित भएका छन्।

साँझ ६ :१५ बजे विवरण अद्यावधिक गर्दै मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले १३ जना संक्रमित थपिएको जनाएका छन्। 

मन्त्रालयकाे पछिल्लाे जानकारी अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको मायादेवी गाउँपालिकामा १९, २१, २६, २६, २७, ३५ र ४० वर्षका पुरुषमा संक्रमण देखिएको छ।

यस्तै, निस्दी गाउँपालिका पाल्पामा १७ र ३६ वर्ष पुरुष, नवलपारसीको सरावल गाउँपालिकाका ६ वर्षीय बालकमा र गुल्मीकै रेसुंगा नगरपालिका २६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ। 

यस्तै, रूपन्देहीको गैडहवा गाउँपालिकामा ३ वर्षीया बालिका र ५४ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताएका छन्। 

सोमबार थप १ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोना जित्नेको संख्या २२१ पुगेको छ। डडेल्धुराका एकजना पुरुष डिस्चार्ज भएका छन्। उनी अस्पताल बसाइको दशौं दिनमा डिस्चार्ज भएका हुन्। कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय