टोकियो । जापानको राजधानी टोकियोमा शनिवार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संक्रमण संख्या गत महिना दोस्रो पटक लगाइएको आपतकाल हटे यताकै उच्च हो । कोरोना संक्रमणका कारण आज १० जनाको मृत्य भएको छ ।
जापानी समाचार संस्था एन्एचकेमा साँझ प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि १० जनाको मृत्य भएको छ भने ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हाल देखा परेको नयाँ प्रजातीको कोरोना भाइरस १० देखि ९० बर्ष उमेर समुहका ब्याक्तिहरूमा देखा परेको छ ।
पछिल्लो समय टोकियोमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ । गत हप्ताको तुलनामा हालको बृद्धिदर १२४.१ प्रतिशतले बढेको समाचारमा जनाईएको छ ।