Homeअन्तर्राष्ट्रियएनआरएनए जापानको कार्यसमिति भ‌ङ्ग, नयाँ निर्वाचन जुलाई २५ मा हुने

एनआरएनए जापानको कार्यसमिति भ‌ङ्ग, नयाँ निर्वाचन जुलाई २५ मा हुने

Sagun Sandesh

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान आर्थिक अनियमितताको विवादमा फसेपछि हालकाे कमिटिलाई निष्कृय गर्दै जुलाई २५ भित्र अधिवेशन गराउन एनसीसीले अनुगमन समितिलाई अधिकार दिएको छ ।

एनआरएन जापानका कुनै पनि पदाधिकारीलाई आईसिसिले कारबाहिको निर्णय भने गरेको छैन । विहिबार आईसिसिका अध्यक्ष कुमार पन्तले जारी गर्नु भएको ७ बुँदाको पत्रमा एनआरएन जापानकाे अधिवेशन संचालन गर्न एक अध्यक्ष मण्डल गठन गर्ने र पूर्व घाेषित निर्वाचन समित र अनुगमन समितिले आवश्यक निर्णय लिन सक्ने बताइएकाे छ । पत्रमा निर्वाचन समितिलाई यथावत राख्दै वर्तमान कार्यसमितिकाे तर्फबाट महासचिव र कोषध्यक्षकाे वार्षिक प्रतिवेदन मात्र प्रस्तुत गर्ने उल्लेख गरिएकाे छ ।

पत्रमा एनआारएनए जापानका अध्यक्ष देवीलाल भण्डारीलाइ लागेकाे आराेपकाे छिनाेफानाे गर्न अनुसाशन समितिलाइ जिम्मेवारी दिने र साे विषयकाे टु‌ङ्गाे नलाग्दा सम्म भण्डारीलाई निष्कृय रहन समेत भनिएकाे छ ।

आईसिसिले गठन गरेको अनुगमन समितिक संयोजकमा भवन भट्ट, सदस्यहरुमा क्षेत्रिय र सहसंयोजक आईसिसि सदस्यलाई समावेसगरी १२ सदस्यिय बनाइएको छ ।

यस्ताे छ आईसिसिको पत्र:

Sagun Sandesh

भर्खरै

लोकप्रिय