Homeअन्तर्राष्ट्रियअर्जेन्टिना २८ वर्षपछि कोपा अमेरिका उपाधि बिजेता

अर्जेन्टिना २८ वर्षपछि कोपा अमेरिका उपाधि बिजेता

Sagun Sandesh

काठमाडौं । लियोनल मेस्सी कप्तानीको अर्जेन्टिना दक्षिणी अमेरिका च्याम्पियन बनेको छ ।

नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा आयोजक ब्राजिललाई उसकै मैदानमा १–० ले पराजित गरि अर्जेन्टिनाले २८ वर्षपछि उपाधि उचालेको हो ।

 मेस्सीको कप्तानीमा पहिलोपटक अर्जेन्टिनाले प्रमुख उपाधि जितेको हो । 

माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो । 

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो,  पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो । 

त्यस्तै, कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो ।

मेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न असफल रहेको थियो । 

Sagun Sandesh

भर्खरै

लोकप्रिय