काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठकले पार्टी एकताका लागि गठित कार्यदल खारेज गरेको छ । शुक्रबार च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको बैठकले १० सदस्यीय कार्यदल खारेज गरेको हो ।
बैठकपछि पत्रकारहरुलाई जानकारी दिदै एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको बताउनु भयो ।
त्यस्तैगरी बैठकले ओली नेतृत्वको सरकारले उल्लेखनीय काम गरेको भन्दै धन्यवाद व्यक्त गरेको थियो । साथै बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ ।