Homeअपराधखोल्सामा एक युवकको शव फेला, १४ जना तनहुँ प्रहरीको नियन्त्रणमा

खोल्सामा एक युवकको शव फेला, १४ जना तनहुँ प्रहरीको नियन्त्रणमा

Sagun Sandesh

तनहुँ । तनहुँको भानु नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना नाबरुङ्गस्थित फापरपानि खोल्सामा एक युवकको शव फेला परेको छ । भानु १ भन्सार निवासी १९ वर्षिय पविन गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गत बुधबार (वैशाख ९ गते) स्थानीय युवाबीच झडप भएको थियो । उक्त झडपपछि सम्पर्कमा नआएका गुरुङको शव बिहिबार उक्त खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विनोद सिलवालले जानकारी दिनुभयो ।

सामान्य भनाभनको निहुँमा युवाबीच झडप भएको प्रारम्भिक अनुसन्धानमा बुझिएको प्रमुख सिलवालले बताउनुभयो ।

प्रहरीले भानु १ भन्सारका तीन जना र भानु ५ नाबरुङ्गका ११ जना गरि कुल १४ जना युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतकको शव परिक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय