Homeअपराधवीरगञ्जको नारायणी अस्पतालबाट भागे दुईजना कोरोना संक्रमित

वीरगञ्जको नारायणी अस्पतालबाट भागे दुईजना कोरोना संक्रमित

Sagun Sandesh

काठमाडौं। पर्साको वीरगञ्जस्थित् नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुईजना बिरामी भागेका छन्।

आज दिउँसो आइसोलेसन कक्षबाटै उपचारमा रहेका संक्रमित दुईजना नेपाली नागरिक भागेको जानकारी आएको पर्साका प्रहरी प्रमुख, एसपी गंगा पन्तले बताइन्। 

“अस्पतालबाट भागे भन्ने खबर आउनासाथ हाम्रो टोली परिचालन गरिएको छ”, उनले भनिन्, “हामीले अहिले खोजी कार्य गरिरहेका छौं।”

उपचारमा रहेका बिरामी आइसोलेसन कक्षबाट कसरी भागे भन्ने अनुसन्धान हुने प्रहरीले जनाएको छ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय