Homeअपराधनिहारिकाको विषयमा राष्ट्रपतिको चासो : कानुनमन्त्री र महान्यायाधिवक्तासँग छलफल

निहारिकाको विषयमा राष्ट्रपतिको चासो : कानुनमन्त्री र महान्यायाधिवक्तासँग छलफल

Sagun Sandesh

काठमाडौं । निहारिका राजपूतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो दिनुभएको छ। उहाँले आज कानून मन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर यस विषयमा ध्यानाकर्षण गराउनु भएको छ ।

शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्दा निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल निहारिकालाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

निहारिकाले आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको निहारिकाले बताउँदै आएकी छन् ।

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै ९ दिनदेखि अनसनसमेत बसेकी छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय