Homeअर्थव्यवस्थाचौतर्फी विरोधपछि सरकारले असार ७ गते सम्म थप्यो कर तिर्ने समय

चौतर्फी विरोधपछि सरकारले असार ७ गते सम्म थप्यो कर तिर्ने समय

Sagun Sandesh

काठमाडौं । सरकारले कर तिर्ने समय थप दुई सातालाई बढाएर असार ७ गतेसम्म पुर्‍याएको छ। जेठ २५ भित्र कर तिरिसक्नुपर्ने निर्णयको चौतर्फी विरोध भएपछि सरकारले समय बढाएको हो।

आन्तरिक राजश्व विभागले मंगलबार सूचना जारी गर्दै जेठ २५ गतेभित्र कर भुक्तानी गरिसक्न भनेको थियो। लकडाउनको अवधिमा व्यापार ठप्प भएका बेला कर तिर्न उर्दी जारी गरेपछि अर्थमन्त्री, मन्त्रालयका अधिकारी तथा सरकारको आलोचना सुरु भएको थियो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवज्ञा गर्नुको विकल्प नभएको टिप्पणी गर्‍यो। चौतर्फी विरोधपछि अर्थसचिव शिशिरकुमार ढुङ्गानाले ब्यवसायीसँग बुधबार भेटि लचकता अपनाउने बताएका थिए।

लगत्तै विभागले आज अर्को सूचना जारी गर्दै कर तिर्ने समय बढाएको हो। सरकारले जेठ ३२ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको छ। विभागले असार ७ गतेसम्म कर तिर्न अर्को सूचना जारी गरेको छ।

आयकरको अनुमानित विवरण र चैतसम्मको कर असार १५ गतेसम्म तिर्न भनेको छ। मूल्य अभिबृद्धि कर, अन्त शुल्क र बाँकी आय कर असार ७ सम्म तिरिसक्न भनेको छ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय