Homeअर्थव्यवस्थासाउन १ देखि एक बैंकको एटिएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने

साउन १ देखि एक बैंकको एटिएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने

Sagun Sandesh

काठमाडौं । कोरोना भाइरस र लकडाउनको असरलाई मध्यनजर गर्दै बैंकहरुले दिँदै आएको सुविधा भाेलिदेखि बन्द हुने भएकाे छ। एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क नलाग्ने सुविधा बिहीबारदेखि बन्द हुन लागेकाे हाे।

बुधबार बसेकाे बैंकर्स एसोसिएसनकाे बैठकले बिहीबारदेखि एक बैंकको एटिएम कार्ड अर्को बैंकको मेसिनमा प्रयोग गर्दा शुल्क काट्ने निर्णय गरेको हाे।

बैंकले दिँदै आएको उक्त सुविधामा बैंकहरुको पनि लागत लाग्ने भएकोले सधैको लागि सुविधा उपलव्ध गराउन नसक्ने भन्दै शुल्क लाग्ने गराएको एसोसिएसनले जनाएकाे छ। 

कोरोना भाइरसकाे संक्रमण जोखिम बढ्न नदिन गरिएको लकडाउको कारण गत चैत ७ गतेबाट बैंकहरुले जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए।

Sagun Sandesh

भर्खरै

लोकप्रिय