काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट बजेट सम्बन्धी तीनवटा अध्यादेश जारी भएको छ ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गर्नुभएको हो ।
प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ ।