Homeअर्थव्यवस्थानिषेधाज्ञा अवधिभर विद्युत महशुलमा छुट, २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत छुट

निषेधाज्ञा अवधिभर विद्युत महशुलमा छुट, २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत छुट

Sagun Sandesh

काठमाडौं । सरकारले निषेधाज्ञा अवधिभर विद्युत महशुलमा छुटको व्यबस्था वजेटमा गरेको छ । 

आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नु भएको हो । 

उहाँले निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत खपत गर्नेलाई शतप्रतिशत विद्युत महसुल छुटको व्यबस्था गरिएको छ । 

उहाँले कोरोना महामारीको दोस्रो लहरका कारण देशको हरेक तहमा चूनौतीहरु थपिएको बताउनु भयो ।

उहाँले संक्रमणको जोखिम कायम रहने अवधि  र प्रभाव यकिन नभएकाले संकटको समयमा प्रत्येक नेपालीको जीवनरक्षालाई सरकारले प्राथमिकता दिएको बताउनु भयो ।

अर्थमन्त्री पौडेलले महामारीको अवस्थामा पनि  स्वास्थ्य सतर्कता अपनाउदै आर्थिक गतिविधिलाई निरन्तरता दिन प्रतिवद्ध रहेको बताउनु भयो ।

अर्थमन्त्री पौडेलले सरकारले जीवन रक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेको बताउनु भयो ।मन्त्री पौडेलले श्रमिकले काम र रोजगारी गुमाएको बताउँदै संकटको यस समयमा जीवन रक्षालाई सबैभन्दा ठूलो प्राथमिकता मानेको बताउनु भयो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय