Homeअर्थव्यवस्थाआइपुग्यो चीन सरकारले प्रदान गरेको थप नौ लाख मात्रा खोप

आइपुग्यो चीन सरकारले प्रदान गरेको थप नौ लाख मात्रा खोप

Sagun Sandesh

काठमाडौं । नेपाललाई अनुदानस्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ । दश लाख खोपका मात्रामध्ये आज नौ लाख मात्रा नेपाल ल्याइएको हो ।

हिमालय एयरलाइन्सबाट एक लाख  र नेपाल वायुसेवा निगमको जहाजमार्फत आठ लाख मात्रा खोप ल्याइएको होे ।  निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको एयरबस–३३० (वाइडबडी) ले आठ लाख मात्रा खोप ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खोप लिन सोमबार राति वाइडबडी जहाज चीनको राजधानी बेइजिङ उडेको थियो  ।  

बाँकी एक लाख डोज खोप लिन बुधबार हिमालय एयरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ । एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत  ती दुई लाख मात्रा खोप निः शुल्क ल्याइने जनाएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय