काठमाडौं । चीनबाट अवदेखि निरन्तर कोरोना विरुद्वको खोप नेपाल आउने भएको छ । नेपाल सरकार र चीनको सिनोफार्म कम्पनी बीच खोप खरिदको सम्झौता भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त खोप खरिद बारे सम्झौता भएको कुराको जानकारी गराएको हो ।
सम्झौता अनुसार असार २४ गते बाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिक रुपमा विभिन्न चरण मार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।
खोपको निरन्तर आपूर्तिबाट कोभिड विरुद्वको खोप अभियान सुचारु हुने गरि व्यावस्था मिलाइएको मन्त्रालयले बताएको छ ।
बाँके जि.प्र.का.द.नं. १२९/०६९/०७०
सगुन सन्देश साप्ताहिक
कोहलपुर–११, बाँके
फोनः–०८१–५४००८०
Email – sagunsndesh@gmail.com