Homeअन्तर्राष्ट्रियकोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

Sagun Sandesh

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने मानिसको संख्या १ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख २ हजार छ सय सात पुगेको हो ।

भाइरसको कारण इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म मृत्यु हुने मानिसको संख्या १८ हजार आठ सय ४९ पुगेको छ । त्यस्तै अमेरिकामा पनि अहिलेसम्म १८ हजार ६ सय ३७ मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको छ । स्पेनमा पनि १६ हजार ८१ जना मानिसको मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर यो भाइरसको कारण संक्रमित हुने मानिसको संख्या पनि १६ लाख ९४ हजार नाघिसकेको छ । सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या ४ लाख ९९ हजार नाघिसकेको छ । त्यस्तै स्पेनमा संक्रमितको संख्या १ लाख ५८ हजार नाघेको छ । इटालीमा पनि संक्रमितको संख्या १ लाख ४७ हजार नाघेको छ ।

अहिलेसम्म विश्वभर ३ लाख ७६ हजार संक्रमित निको भइसकेका छन् । यसमध्ये सबैभन्दा धेरै चीनमा ७७ हजारभन्दा संक्रमित निको भएका छन् । त्यस्तै स्पेनमा ५५ हजार तथा जर्मनीमा ५३ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्केका छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय