टाेकियाे । जापान सरकारले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाइ उत्कृष्ट विभूषण ‘ग्राण्ड कर्डन अफ द राइजिङ सन’ (Grand Cordon of the Rising Sun)’ प्रदान गर्ने भएकाे छ ।
७६ बर्षिया नेता पाैडेलले सन १९९९ मा नेपाल-जापान संसदिय मैत्री संघको स्थापना गर्नुभएकाे थियाे । उहाँ प्रतिनिधि सभाकाे अध्यक्ष हुँदा स्थापना गरिएकाे उक्त मैत्री संघकाे संस्थापक अध्यक्ष भइ सन २०१७ सम्म यस पदमा रहेर नेपाल जापान सम्वन्धका बिषयमा काम गर्नुभएको थियो। उहाँले नेपाल जापानकाे सम्बन्ध मजबुत बनाउनका लागि याेगदान गरेकाे भन्दै जापान सरकारले उक्त विभूषण प्रदान गरेकाे नेपालस्थित जापानी राजदूतावासले बिज्ञप्ती माफर्त जनाएकाे छ ।
जापान सरकारले प्रदान गर्ने उक्त विभूषण प्राप्त गर्ने अर्का विदेशी नागरिक बिल गेट्स पनि हुन् ।
रामचन्द्र पाैडेले यस बीचमा जापानका राजकुमार अकिहितो र उनकी महारानी राजकुमारी मिचिको, प्रधानमन्त्री योशीरो मोरी, मिनोरू किउची, विदेश मामलाका राज्यमन्त्री लगायतसंग भेटवार्ता गर्नुभएकाे थियाे । जसका लागि भाषावीद् जीज्ञान कुमार थापाले सहजिकरण गर्नुभएकाे थियाे ।
जापानी सरकारद्वारा विदेशी तथा जापानी नागरिकहरुलाई याे पदक २९ अप्रिल र ३ नाेभेम्वरमा अर्थात बर्षकाे २ पटक प्रदान गरी सम्मान गरिन्छ। राष्ट्र वा जनतामा उनीहरूको उल्लेखनीय योगदान गर्नुका साथै जापान र अन्य देशहरू बीचको राजनीति र कूटनीति, अनुसन्धान, शिक्षा, चिकित्सा, सामाजिक कल्याण, अर्थव्यवस्था, उद्योग, संस्कृति र खेल जस्ता क्षेत्रहरूमा सम्बन्ध प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने विदेशी नागरिकलाई पनि यो विभुषणद्वारा सम्मानित गर्ने गरिएको जनाइएकाे छ।