काठमाडौं । कोरोनाभाइरस न्युनीकरणका लागि गरिएको लकडाउन भारतले थप दुईहप्ता बढाएको छ । भारतमा अब मे १७ सम्म लकडाउन हुने आजतकले जनाएको छ । ३ मई मा सकिन लागेकाे यस अघिकाे लकडाउनकाे म्याद पुनः थपिएकाे गृह मन्त्रालयलाई उधृत गर्दै आजतकले समाचार प्रकाशित गरेकाे छ ।
भारत सरकारले यस पटककाे लकडाउन केही खुकुलाे बनाएकाे जनाईएकाे छ । अनलाईन डेलीभरी तथा अत्यावश्यक सवारी ५० प्रतिशत चल्न सक्ने समाचारमा उल्लेख छ ।