टोकियो । साइप्रसको निकोसियामा एक नेपाली युवकको हत्या भएको छ । मंगलबार राती आपसमा विवाद हुँदा आफ्नै साथीद्वारा विवेक हुमागाईंकाे हत्या गरिएकाे छ ।
२१ वर्षीया सुवास गिरीले चक्कु प्रहार गरेर साथीको हत्या गरेपछि प्रहरीमा आत्मसमर्पण गरेकाे स्थानीय संचारमाध्यमहरुले जनाएका छन ।
स्थानीय समय अनुसार मंगलबार राती करिव १०ः३० बजे घरमा सामान्य विवाद भएको थियो । सामान्य विवादमा चक्कु प्रहार गरेर हुमागाईँको हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनाको १५ मिनेटपछि आरोपी गिरीले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।
साइप्रसमा अध्ययनरत मृतक हुमागाईंको नेपालमा चितवन घर भएको बताईएको छ । घटनाको पूर्ण विवरण आएको छैन । घटनाका विषयमा अनुसन्धान भईरहेको स्थानीय प्रहरीले जनाएको छ ।