Homeअन्तर्राष्ट्रियकोभिड –१९बाट विश्वभर ७८ नेपालीको मृत्यु, छ हजार संक्रमित

कोभिड –१९बाट विश्वभर ७८ नेपालीको मृत्यु, छ हजार संक्रमित

Sagun Sandesh

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड-१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

यस्तै संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।

कोरोना भाइरसका कारणले निधन हुनेमा यो हप्ता थप पाँच जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा बेलायतका दुई तथा स्वीडेन, बहराइन र युएईका एकएक थपिएका छन् ।

संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार ४७२ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये दुई हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडानुसार नौ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी २० देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार कतारमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा २४५, युएइमा १४९, नेपालमा १०९, कुवेतमा ७८, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेन र अष्टे«लियामा १२–१२, जापान र क्यानडामा १०–१०, बेल्जियममा छ, स्विट्जरयाण्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चारचार, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत करीब ३५ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय