भारतमा कोरोनाभाइरस संक्रमितको संख्या अहिलेसम्म पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भेटिएका छन् । भारतीय मिडियाहरुका अनुसार पछिल्लो समय ६ हजार ६ सय ५४ जनाभन्दा बढीमा कोरोनाभाइरस देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो साता भारतमा ६ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएको यो दोस्रो दिन हो । शुक्रबार पनि भारतमा ६ हजार ८८ जना नयाँ कोरोनाभाइरस संक्रमित भेटिएका थिए ।
भारतमा पछिल्लो २४ घन्टामा १ सय ३७ जनाको निधन भएको छ । योसँगै त्यहाँ कोभिड १९ का कारण ३ हजार ७ सय २० जनाको निधन भएको छ ।
अहिलेसम्म भारतमा ४१ प्रतिशतले चाहिँ कोरोनाभाइरसलाई जितेका छन् । त्यहाँ ५१ हजार ७ सय ८३ जना कोरोनाबाट निको भएका छन् । (एजेन्सी)