Homeअन्तर्राष्ट्रियराज्य व्यवस्था समितिबाट पारित नागरिकता विधेयक स्वागतयोग्‍य : एनआरएनए

राज्य व्यवस्था समितिबाट पारित नागरिकता विधेयक स्वागतयोग्‍य : एनआरएनए

Sagun Sandesh

काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ। 

गैर आवासीय नेपालीले नागरिकता पाउने भनी नेपालको संविधानले नै सुनिश्चितता गरेको अवस्थामा राज्य व्यवस्था समितिबाट पारित विधेयकले नागरिकता प्राप्तीको निम्ति अर्को कदम अघि बढेको संघले जनाएको छ । 

विधेयकले तीन प्रकारका नागरिकतालाई बढाएर चार प्रकार बनाई गैर आवासीय नेपालीसम्बन्धी छुट्टै व्यवस्था गर्नुलाई अत्यन्त सकारात्मक पाटोको रूपमा  लिएको संघका उपाध्यक्ष डा. बद्री केसीले बताए। 

गैर आवासीय नेपाली नागरिकतासम्बन्धी गरेको व्यवस्थालाई असर नपर्ने गरी आगामी दिनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट समेत विधेयक पारित हुने विश्वास संघले लिएको छ ।

“गैर आवासीय नेपालीहरूले सन् २००९ देखि उठाइरहेको आवाज सम्बोधन हुने दिशामा अघि बढेको छ”, केसीले भने, “सबै राजनीतिक दल तथा नेताहरू सकारात्मक नै हुनुहुन्छ, हामी निरन्तर छलफल गरिरहेकै छौँ, विश्वास छ गैरआवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका सम्बन्धमा आगामी दिनमा पनि सकारात्मक नै परिणाम आउनेछ।” रासस

Sagun Sandesh

भर्खरै

लोकप्रिय