Homeअन्तर्राष्ट्रियअनेसास अन्तर्राष्ट्रिय अध्यक्षमा जापानबाट प्रकाश पौडेल निर्विरोध चयन

अनेसास अन्तर्राष्ट्रिय अध्यक्षमा जापानबाट प्रकाश पौडेल निर्विरोध चयन

Sagun Sandesh

जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास को अन्तर्राष्ट्रिय अध्यक्ष पदमा जापानबाट प्रकाश पौडेल ‘माइला’निर्विरोध चयन गरेको छ । संसारभरि छरिएर रहेका नेपाली साहित्यकारहरुको संस्था अनेसासले जापानमा बसेर नेपाली साहित्य प्रवर्धन गरिरहेका पौडेललाई अध्यक्षका रुपमा निर्विरोध चयन गरेको हो ।
पाैडेल यस अघि दुई पटक उपाध्यक्ष र एसिया क्षेत्रका उपाध्यक्षका रूपमा पनि निर्विरोध चयन भएका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा पदका आकांक्षीहरु धेरै छन् । अरु विभिन्न पदमा जान भित्र ठूलो लडाईँ छ तर पौडेल मुख्य पद अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
एक दशकभन्दा बढी समयदेखि अनेसासमा सक्रिय प्रकाशले जापान,अस्ट्रेलिया,अमेरिका र नेपालमा नेपाली साहित्यको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । जापानमा नेपाली साहित्यका महत्त्वपूर्ण कार्यक्रम निरन्तर हुनुमा पनि पौडेलको नेतृत्वलाई मुख्य मानिन्छ । १५ वर्षअघि अध्ययनका लागि जापान आएका पौडेल जापानमा सफल रेस्टुरेन्ट व्यवसायी पनि हुन् ।

पौडेल हाइकु लेखनमा पनि सक्रिय छन् । जापानमा केन्द्रीय कार्यालय रहेको वर्ल्ड हाइकु एसोसिएसनका कार्याकारी सदस्य पनि हुन् । उक्त पदमा पुग्ने एक मात्र गैरजापानी नागरिक हुन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय