Homeअन्तर्राष्ट्रियनेपाल एयरलाइन्सले चार पटकमा १९ सय थान सिलिन्डर ल्यायो, अझै २...

नेपाल एयरलाइन्सले चार पटकमा १९ सय थान सिलिन्डर ल्यायो, अझै २ पटक बेइजिङ जाने

Sagun Sandesh

काठमाण्डाै । नेपाल वायु सेवा निगमको जहाजले चीन र ओमानबाट चार खेपमा एक हजार नाै सय ३५ थान अक्सिजन सिलिन्डर नेपाल ल्याएको छ । जहाजले चीनको बेइजिङबाट मात्रै तीन खेपमा एक हजार तीन सय ७५ थान अक्सिजन सिलिन्डर नेपाल ल्याएको छ । 

निगमको वाइडबडी जहाजले वैशाख २८ गते बेइजिङबाट चार सय थान तथा हिजो र आज मात्रै नौ सय ७५ थान सिलिन्डर ल्याएको महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । हिजो राति बेइजिङ गएको जहाजले आज पाँच सय ७५ थान सिलिन्डर ल्याएको छ । यस्तै गएको शनिवार ओमानबाट पाँच सय ६० थान अक्सिजन सिलिन्डर ल्याएको छ । 

निगमको जहाज सिलिन्डर ल्याउन आज पनि बेइजिङ जाँदैछ, भोलि दिउँसो फर्कने जहाज भोलि राति फेरि चीन जानेछ । कोरोना नियन्त्रण र रोकथामका लागि निगम सरकारको साथमा रहेको र सरकारले जुन ठाउँमा आवश्यक पर्छ त्यहीँ जान तयार रहेको पौडेलले बताउनुभएको छ । 

Sagun Sandesh

भर्खरै

लोकप्रिय