Homeअन्तर्राष्ट्रियसरकारको नीति तथा कार्यक्रम: विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था गरिने

सरकारको नीति तथा कार्यक्रम: विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था गरिने

Sagun Sandesh

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था गरिने बताउनु भएको छ ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

राष्ट्रपति पौडेलले विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिएको बताउनु भयो । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ ।’

Sagun Sandesh

भर्खरै

लोकप्रिय