टोकियो । जापानको राजधानी टोकियोमा शनिबार १८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
जापानी समाचार माध्यमहरूले दिउँसो ४ बजेसम्म टोकियोका विभिन्न स्थानहरुमा गरि १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका छन् । टाेकियाे महानगरमा तुलनात्मकरूपमा हिजाे देिखएकाे संक्रिमतकाे संख्या भन्दा केही कम हाे । हिजाे एकै दिन टाेकियाेमा २०१ जना संक्रमित भेटिएका थिए ।
यो संगै टोकियोमा मात्र संक्रमित हुनेहरुको संख्या २९७५ पुगेको छ ।
शनिबार दिउसो ४ बजेसम्ममा जापानभर घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या १००९८ पुगेको छ ।
जापानभरमा संकटकाल घोषणा गरिएको छ, संक्रमितहरुको संख्या निरन्तर बढ्दै गएका टोकियो सहितका अन्य स्थानहरुमा विशेष सतर्कता अपनाउनुका साथै प्रधानमन्त्री तथा विभिन्न प्रान्तका गभर्नरहरूले अत्यावश्यक कामका लागि बाहेक घरवाट बाहिर ननिस्कनका लागि जापानवासी जनतालाइ पटक–पटक आग्रह गरिरहेकाछन ।