टोकियो । जापानको राजधानी टोकियोमा मंगलवार वार १२३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
जापानी समाचार संस्था एन्एचकेले दिउँसो ५ बजेसम्म टोकियोका विभिन्न स्थानहरुमा गरि १२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएकाे छ। मंगलवार दिउसो ५ बजेसम्ममा टाेकियाे महानगर भित्र संक्रमितकाे संख्या ३३०७ पुगेको छ ।
जापानभरमा संकटकाल घोषणा गरिएको छ, संक्रमितहरुको संख्या निरन्तर बढ्दै गएका टोकियो सहितका अन्य स्थानहरुमा विशेष सतर्कता अपनाउनुका साथै प्रधानमन्त्री शिन्जो आबे लगायत विभिन्न प्रान्तका गभर्नरहरूले अत्यावश्यक कामका लागि बाहेक घरवाट बाहिर ननिस्कनका लागि जापानवासी जनतालाइ पटक–पटक आग्रह गरिरहेकाछन ।